एक्सप्रेस-टी ई-ट्याक्सीको बालकुमारी सर्भिस सेन्टर अब दैनिक १५ घण्टा खुला रहने
काठमाडौं : एक्सप्रेस-टी विद्युतीय ट्याक्सीले चालक तथा प्रयोगकर्ताको सहजताका लागि बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सेवा समय विस्तार गरेको छ।
अब यो सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म गरी दैनिक १५ घण्टा खुला रहनेछ।
यसअघि बिहान ९:३० देखि साँझ ५:३० बजेसम्म मात्र खुल्ने गरेकोमा समय विस्तार गरिएपछि चालकहरूले आफ्नो व्यस्त समय अनुकूल मर्मत सम्भारको सेवा लिन सक्नेछन्।
कम्पनीले चाँडै नै गोंगबु र भक्तपुरस्थित सर्भिस सेन्टरहरूमा पनि यो नयाँ समय तालिका लागू गर्ने योजना बनाएको छ।
हाल एक्सप्रेस-टीले उपत्यकाभित्र र बाहिरका १३ स्थानमा फास्ट चार्जिङ सुविधा र ३ स्थानमा सर्भिस सेन्टरहरू सञ्चालन गरिरहेको छ।
यसका साथै कम्पनीले ग्राहकका लागि १ वर्षको अटो प्लस गाडी बिमा, ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म निःशुल्क नियमित सर्भिसिङ तथा ५ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म ब्याट्री र मोटरमा वारेन्टी सुविधा समेत प्रदान गर्दै आएको छ।
जेठ २०, २०८३ बुधबार ०९:५५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।