सामसङले ल्यायो एक्सचेन्ज र किस्ताबन्दी योजना
काठमाडौं : सामसङ नेपालले ग्राहकहरूका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत आफ्नो पुरानो मोबाइल साटेर सामसङका नयाँ ग्यालेक्सी स्मार्टफोनहरूमा अपग्रेड गर्न सकिनेछ।
मे २७ देखि सुरु भई आगामी जुन ३० सम्म जारी रहने अभियानमा विभिन्न वित्तीय सहुलियत र थप सुविधा उपलब्ध गराइएको छ। कम्पनीका अनुसार शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको किस्ताबन्दी सुविधा पाउनेछन्।
पुराना सेलेक्टेड डिभाइसको मूल्याङ्कन गरी त्यसमा थप ८ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस दिइने विज्ञप्तिमा उल्लेख छ। सामसङले विभिन्न मोडेलमा निश्चित छुटको समेत व्यवस्था गरेको छ।
जसअनुसार ग्यालेक्सी S26 Ultra र S26 मा १० हजार रुपैयाँ तथा S26+ मोडेलमा २३ हजार रुपैयाँ निश्चित छुट प्रदान गरिनेछ। यी तीनै मोडेलमा ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस थप हुनेछ। यस्तै, ग्यालेक्सी A57 र A37 मोडेलमा ५ हजार रुपैयाँ छुट र ५ हजार रुपैयाँ नै एक्सचेन्ज बोनस उपलब्ध छ।
यससँगै एनसेल सँगको सहकार्यमा बोनस डेटा सुविधा पनि दिइएको छ। S26 सिरिज खरिद गर्नेले ३९९ रुपैयाँको प्याक खरिदमा १८० जीबीसम्म र A सिरिज (A57/A37/A17/M17) खरिद गर्नेले २९९ रुपैयाँको प्याकमा १२० जीबीसम्म बोनस डेटा प्राप्त गर्नेछन्।
नयाँ सार्वजनिक गरिएको ग्यालेक्सी S26 सिरिजमा एआई फिचरहरू समावेश गरिएको र A सिरिजमा पनि एआई फिचर तथा प्रभावकारी कार्यक्षमता रहेको कम्पनीले जनाएको छ।
जेठ १९, २०८३ मंगलबार १९:१८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।