सेयर बजारमा फर्कियो रौनक, नेप्से २२ अंकले बढ्यो

सेयर बजारमा फर्कियो रौनक, नेप्से २२ अंकले बढ्यो

काठमाडौं : मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। सोमबार २६ अंकले घटेको सेयर बजार मंगलबार २२.२१ अंकले बढेको हो। सो वृद्धिपछि नेप्से परिसूचक २७७७ विन्दुमा कायम भएको छ।

नेप्से बढेपनि कारोबार रकम भने केही घटेको छ। आज ५ अर्ब २६ करोडको कारोबार भयो। सोमबार ५ अर्ब ६१ करोडको कारोबार भएको थियो। 

१८३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १० को स्थिर रह्यो। 

आज उत्पादन तथा प्रशोधनबाहेक सबै समूहका उपसूचक बढेका हुन्। उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशत घट्यो।

फाइनान्स समूह सबैभन्दा धेरै ६.०३ प्रतिशत बढ्यो।

बैंकिङ ०.४१, विकास बैंक ०.५९, होटल तथा पर्यटन ०.१२, हाइड्रोपावर ०.६१, लगानी ०.२०, जीवन बीमा ०.२७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा १.०२, अन्य समूह ३.८४ तथा व्यापार १.१३ प्रतिशत बढे।

कालिन्चोक हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशत बढ्यो। त्यस्तै सेन्ट्रल फाइनान्स १३.६७ र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स १०.५७ प्रतिशत बढे।

आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स छन्।

जेठ १९, २०८३ मंगलबार १५:४९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।