नेपालमा उबरको इन्ट्री: जेठ २२ देखि औपचारिक सेवा सुरु गर्दै, ट्याक्सीमाण्डोसँग साझेदारी

नेपालमा उबरको इन्ट्री: जेठ २२ देखि औपचारिक सेवा सुरु गर्दै, ट्याक्सीमाण्डोसँग साझेदारी

काठमाडौं : विश्वकै अग्रणी राइड सेयरिङ प्लेटफर्म 'उबर' ले आगामी जेठ २२ गतेदेखि नेपालमा आफ्नो औपचारिक सेवा सुरु गर्ने भएको 

कम्पनीले सोही दिन एक पत्रकार सम्मेलनको आयोजना गरी नेपालमा आफ्नो व्यावसायिक यात्रा र आगामी रणनीतिक योजनाहरू सार्वजनिक गर्ने तयारी गरेको छ।

यो विशेष घोषणाका लागि उबरका राइड्स एप्याकका उपाध्यक्ष तथा क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलर आफैँ नेपाल आउने कार्यक्रम तय भएको छ।

नेपाली बजारमा बलियो उपस्थितिका लागि उबरले स्थानीय राइड सेयरिङ कम्पनी ‘ट्याक्सीमाण्डो’ सँग रणनीतिक साझेदारी गरेको छ।

सम्झौताअनुसार ट्याक्सीमाण्डोले नेपालमा उबरको ‘ब्याक–अफिस पार्टनर’का रूपमा प्राविधिक तथा व्यवस्थापकीय कार्यहरू सम्हाल्नेछ।

यो साझेदारीसँगै ट्याक्सीमाण्डोको नेटवर्कमा आबद्ध रहेका चालकहरू अब स्वतः उबरको नेटवर्कमा पनि जोडिनेछन्।

यसअघि ट्याक्सीमाण्डोले अर्को अन्तर्राष्ट्रिय राइड सेयरिङ कम्पनी ‘याङ्गो’का लागि पनि यस्तै किसिमको ब्याक–अफिस सेवा प्रदान गरिसकेको छ। 

जेठ १९, २०८३ मंगलबार ११:२७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।