टोखामा ‘पल्सर आरपीएम टेकओभर’ सम्पन्न
काठमाडौं : पल्सर आरपीएमले गत जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
युवाहरूको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आ–आफ्नो कला प्रदर्शन गरेका थिए। यस अवसरमा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा र्याप ब्याटलजस्ता विविध र आकर्षक प्रस्तुतिहरू समावेश गरिएका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस२०० बाइकमा रोमाञ्चक स्टन्टहरू प्रदर्शन गरेका थिए। उनको साहसिक कला र उत्कृष्ट नियन्त्रण क्षमताले दर्शकहरूलाई आकर्षित गरेको थियो।
पल्सर आरपीएम टेकओभर केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सीप, सिर्जनशीलता र आत्मविश्वासको उत्सवका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
विविध कला, खेलकुद र साङ्गीतिक प्रस्तुतिहरू समेटिएको यस कार्यक्रमले युवाहरूको उत्साहलाई उजागर गर्न सहयोग पुर्याएको छ।
जेठ १९, २०८३ मंगलबार ११:१७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।