एनआईसी एशिया बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत
काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सोमबार (जेठ १८, २०८३ मा) भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको छ।
यसैगरी, नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरेपश्चात् बैंकको हाल कायम साधारण सेयरको चुक्ता पूँजीको २:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई समेत साधारण सभाले स्वीकृत गरेको छ।
सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाललाई सञ्चालकमा निर्वाचित गरेको छ।
त्यस्तै, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्विरोध सञ्चालक पदमा निर्वाचित हुनुभएको बैंकले जनाएको छ।
जेठ १९, २०८३ मंगलबार ११:१३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।