बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। 

सोमबारको तुलनामा आज छापावाल  सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार तीन सय रुपैयाँ कायम भएको छ।

सोमबार सुन प्रतितोला तीन लाख १० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला पाँच हजार चार सय पाँच रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेपछि आइतबार २० हजार ५०० रुपैयाँ बढेको सुन सोमबार दुई सय रुपैयाँले घटेको थियो।

जेठ १९, २०८३ मंगलबार १०:५७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।