वाईफाई नेपालद्वारा बम्पर पुरस्कार हस्तान्तरण र बगर शाखाको उद्घाटन

वाईफाई नेपालद्वारा बम्पर पुरस्कार हस्तान्तरण र बगर शाखाको उद्घाटन

काठमाडौं : वाईफाई नेपालले आफ्नो ‘दसैंको बहार, खल्तीबाट पेमेन्ट गर्दा ईभी स्कुटर उपहार’ योजना अन्तर्गतको बम्पर पुरस्कार हस्तान्तरण गरेको छ। सोही अवसरमा कम्पनीले पोखराको बगरमा आफ्नो नयाँ शाखाको समेत औपचारिक उद्घाटन गरेको छ।

तनहुँको दमौली, पाटन निवासी विजेता सुनिता राना (युजरनेम: एलेक्स मगर) लाई पुरस्कार स्वरूप ‘Yadea G5’ इलेक्ट्रिक स्कुटर प्रदान गरिएको हो। वाईफाई नेपालका ब्रान्ड एम्बेसेडर एवं पूर्व क्रिकेट कप्तान पारस खड्काले विजेतालाई स्कुटर हस्तान्तरण गरे।

पुरस्कार हस्तान्तरण तथा शाखा उद्घाटन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित थियो। उनले वाईफाई नेपालले किफायती मूल्यमा गुणस्तरीय इन्टरनेट उपलब्ध गराएर डिजिटल पहुँच विस्तारमा योगदान पुर्याएको बताए।

वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रहुन पञ्जियारले कम्पनीले ग्राहकको दैनिक आवश्यकता र डिजिटल पहुँचलाई केन्द्रमा राखेर सेवा विस्तार गरिरहेको उल्लेख गरे। उनले आगामी दिनमा पनि ग्राहक केन्द्रित योजना र सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीका ब्रान्ड एम्बेसेडर पारस खड्काले वाईफाई नेपालले नयाँ क्षेत्रमा सेवा विस्तार गर्दै समुदायप्रति सकारात्मक प्रभाव पारेको बताए। दुई महिनासम्म चलेको यस योजनामा खल्ती डिजिटल वालेट भुक्तानी साझेदारका रूपमा रहेको थियो। 

जेठ १८, २०८३ सोमबार २१:५८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।