घरको सौन्दर्य बढाउन कजारियाको नयाँ अभियान
काठमाडौं : प्रिमियम होम एस्थेटिक्स क्षेत्रको कम्पनी कजारिया रमेश टायल्सले बलिउड कलाकारहरू रणवीर सिंह र रश्मिका मन्दानालाई समेटेर नयाँ ब्रान्ड अभियान सुरु गरेको छ।
‘घरमा कजारिया, सबैले सोध्ने नै भयो नि!’ शीर्षकको देशव्यापी अभियान जेठ ११ गतेदेखि सञ्चालनमा ल्याएको हो। ब्रान्ड एम्बेसेडरद्वय रणवीर र रश्मिकामार्फत कम्पनीले नेपाली घरहरूमा विश्वस्तरीय टायलको प्रयोग र यसले घरको आन्तरिक सजावटमा ल्याउने परिवर्तनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
प्रिमियम इन्टेरियर फिनिसिङ र अन्तर्राष्ट्रिय स्तरको भव्यतालाई यस अभियानको मुख्य अवधारणा बनाइएको कम्पनीले जनाएको छ। अभियानबारे जानकारी दिँदै कजारिया रमेश टायल्सका प्रवक्ताले भने, “घर व्यक्तिको सफलता र अभिरुचिको प्रतिबिम्ब हो। हाम्रो नयाँ अभियानले घरमा आउने पाहुनाहरूले फ्लोर र वालको सौन्दर्य देखेर गर्ने प्रशंसा र त्यसबाट प्राप्त हुने सुखद क्षणलाई समेटेको छ।”
कम्पनीका अनुसार कजारियाले हालै ‘एनएस क्वालिटी अवार्ड २०२६’ प्राप्त गरेको छ। यसका साथै कम्पनीले ‘सुपरब्रान्ड २०२५’ र ‘एसियाज मस्ट प्रमिसिङ ब्रान्ड’को मान्यता समेत पाएको विज्ञप्तिमा उल्लेख छ। गुणस्तर र दिगोपनाका लागि कम्पनीले आईएसओ ९००१ र आईएसओ १४००१ प्रमाणीकरण प्राप्त गर्नुका साथै भारतीय हरित भवन परिषद्को सदस्यता समेत लिएको छ।
नेपालभर १०० भन्दा बढी शोरुमहरूको सञ्जाल रहेको कजारियाले ३ हजारभन्दा बढी डिजाइनका टायलहरू उपलब्ध गराउँदै आएको छ।
जेठ १८, २०८३ सोमबार २१:४९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।