नाडा अटो शो भदौ ९ देखि हुने, स्टल बुकिङ खुल्ला

नाडा अटो शो भदौ ९ देखि हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आयोजना गर्ने नाडा अटो शो भदौमा हुने भएको छ।

भदौ ९ देखि १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एंवम अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको प्रदर्शनीको १८औं संस्करणक आयोजना हुन लागेको हो।

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ।

स्टल बुकिङ सम्बन्धी जानकारी, आवेदन प्रक्रिया र शुल्क विवरण व्यवस्थापक कम्पनी 'ग्लोबल एक्सपोजिसन'  बाट लिन सकिने छ।

सहभागी संस्थाहरुलाई समयमै बुकिङ गर्न नाडाले आग्रह गरेको छ।

नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्न यो प्रदर्शनीले उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ। 

जेठ १८, २०८३ सोमबार १६:३५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।