यामाहा सेल्स एन्ड सर्भिस स्किल कन्टेस्टको क्षेत्रीय विजेता घोषणा

यामाहा सेल्स एन्ड सर्भिस स्किल कन्टेस्टको क्षेत्रीय विजेता घोषणा

काठमाडौं : नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्सले 'रिजनल सेल्स स्किल कन्टेस्ट २०८२/८३' का क्षेत्रीय विजेताहरूको घोषणा गरेको छ। 

यामाहा ट्रेनिङ एकेडेमीको संयोजनमा देशभरका डिलरहरूबाट उत्कृष्ट बिक्री तथा सेवा दक्षता भएका प्रतिभाहरू छनोट गरिएको कम्पनीले जनाएको छ।

अग्रपंक्तिमा कार्यरत जनशक्तिको सीप अभिवृद्धि र व्यावसायिक विकास गर्ने उद्देश्यले आयोजित यो प्रतियोगिता मेचीदेखि महाकालीसम्मका प्रमुख व्यापारिक केन्द्रहरूमा सञ्चालन गरिएको थियो। 

बिक्रीतर्फको क्षेत्रीय प्रतिस्पर्धा काठमाडौं, इटहरी, बर्दिबास, भरतपुर र नेपालगञ्जमा भएको थियो भने सेवातर्फको प्रतियोगिता काठमाडौं, बुटवल, बर्दिबास, इटहरी र नेपालगञ्जमा सम्पन्न भएको थियो।

सेल्स स्किल विधामा बी एण्ड बी अटो ट्रेडर्स विराटचोक का चूडामणि आचार्य प्रथम, भिएडब्लु इन्टरप्राइजेज पोखराका समुन्द्र पंगेनी द्वितीय र डी एण्ड डी अटोलिङ्क सीतापाइलाका अनिश महर्जन तृतीय भएका छन्।

सर्भिस स्किल विधामा मोटो क्राफ्ट गोंगबुका प्रवीण सान्डा प्रथम, ऋषिक अटोमोबाइल्स कुमारीपाटीका निरोज श्रेष्ठ द्वितीय र क्रेशभ कमर्सियल दमकका दिपन सरकार तृतीय हुन सफल भए।

सबै क्षेत्रीय विजेताहरूले भैरहवाको परासीस्थित यामाहा फ्याक्ट्री भ्रमण गर्ने अवसर पाउनेछन् भने सर्भिसतर्फका विजेताहरूले विश्वस्तरीय स्किल प्रतियोगितामा समेत सहभागिता जनाउन पाउनेछन्।

जेठ १८, २०८३ सोमबार १६:२२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।