बजेटले लगानीकर्ताको उत्साह जगाउन सकेन : नेप्से २६.७२ अङ्कले घट्दा कारोबार रकम पनि खुम्चियो
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएपछिको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ।
सोमबार बजार परिसूचक नेप्से २६.७२ अंकले घटेर २७५५ विन्दुमा कायमा भएको छ। सुरुवाती कारोबारमा बजार उतारचढाव देखिए पनि केही समयपछि नै निरन्तर ओरालोमा रह्यो।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आज ५ अर्ब ६१ करोड कारोबार भयो। बजेट आउनुअघिको अन्तिम कारोबार दिन गत बिहीबार ६ अर्ब ३ करोडको कारोबार भएको थियो।
३५ कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने दुईको स्थिर रहेको छ।
अन्य समुहकाे उपसूचक सबैभन्दा धेरै ३.३६ र निर्जीवन बीमा समुहकाे उपसूचक १.३७ प्रतिशत बढेकाे छ भने बाँकी सबै उपसूचकहरू घटेका छन्।
आज व्यापार समूह सबैभन्दा धेरै ६.१४ प्रतिशत घटेको छ। बैंकिङ ०.९९, विकास बैंक ०.८१, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४०, जलविद्युत् १.९७, लगानी १.२२, जीवन बीमा ०.७९, उत्पादन तथा प्रशोधन १.४२, माइक्रोफाइनान्स ०.९० प्रतिशत घटेका छन्।
बुंगल हाइड्रोको मूल्य सबैभन्दा धेरै १३.२० प्रतिशत बढेको छ।
आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, रिडी पावर र नेसनल हाइड्रोपावर छन्।
जेठ १८, २०८३ सोमबार १५:५२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।