नेपालमा टीभीएस रोनिनका दुई नयाँ प्रिमियम भेरियन्ट सार्वजनिक
काठमाडौं : नेपालका लागि दुई र तीन पाङ्ग्रे सवारी साधनको आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ।
कम्पनीले आधुनिक क्रुजिङ र विशिष्ट शैलीसहितको ‘रोनिन मोनोटोन’ र ‘रोनिन एगोन्डा’ बजारमा ल्याएको हो।
काठमाडौंको ठमेलस्थित एक साङ्गीतिक कार्यक्रमका बीच अनावरण गरिएका यी नयाँ संस्करणहरूले नेपालको द्रुत गतिमा बढिरहेको प्रिमियम मोटरसाइकल बजारमा ग्राहकलाई थप आकर्षित गर्ने कम्पनीको विश्वास छ।
नयाँ संस्करणमध्ये रोनिन मोनोटोन विशेष कालो र रातो रङ्गहरूमा उपलब्ध छ, जसको सुरुवाती मूल्य रु. ४,२९,९०० तोकिएको छ। त्यस्तै, समुद्र तटको बालुवा र सौन्दर्यबाट प्रेरित भई तयार पारिएको रोनिन एगोन्डा चम्किलो सेतो रङ्गमा उपलब्ध छ, जसको मूल्य रु. ४,३९,९०० कायम गरिएको छ।
यस संस्करणको इन्धन ट्याङ्की र हेडलाइट कभरमा सेतो आधार रहेको छ भने यसमा निलो र रातो रङ्गका बुट्टाहरूका साथै विशेष कालो घोडाको लोगो अंकित गरिएको छ।
उत्कृष्ट क्षमता र प्रविधिआधुनिक र परम्परागत स्वरूपको समीश्रण रहेको यस मोटरसाइकलमा २२५.९ सीसी को परिष्कृत इन्जिन प्रयोग गरिएको छ। यस इन्जिनले सात हजार ७५० आरपीएममा २०.४ पीएस पावर र तीन हजार ७५० आरपीएममा १९.९३ एनएम टर्क प्रदान गर्दछ।
बहुमुखी सवारी अनुभवका लागि निर्मित यस मोटरसाइकलमा कम गतिमा पनि सहज सवारीका लागि ‘ग्लाइड थ्रु टेक्नोलोजी’ (जीटीटी), सहज गियर परिवर्तनका लागि ‘असिस्ट एण्ड स्लिपर क्लच’, र उत्कृष्ट ह्यान्डलिङ एवं आरामका लागि ४१ एमएमको ‘अपसाइड–डाउन’ फ्रन्ट फोर्कहरू रहेका छन् ।
रात्रिकालीन समयमा स्पष्ट देख्नका लागि आकर्षक र आधुनिक बत्ती जडान गरिएको छ। नेपालभर आफ्नो बलियो सञ्जाल र बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्दै आएको जगदम्बा मोटर्सले यो नयाँ उत्पादनले नेपालका युवा चालकहरू माझ लोकप्रिय पहिचान बनाउने अपेक्षा राखेको छ।
जेठ १८, २०८३ सोमबार १२:५५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।