सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, चाँदी पनि महंगियो

सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, चाँदी पनि महंगियो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। 

शुक्रबारको तुलनामा आज छापावाल  सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँ कायम भएको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य तीन सय पाँच रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो। 

जेठ १७, २०८३ आइतबार ११:१६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।