हिमालयन बैंकले ल्यायो 'युनियन पे आरएमबी' कार्ड सेवा

हिमालयन बैंकले ल्यायो 'युनियन पे आरएमबी' कार्ड सेवा

काठमाडौं : हिमालयन बैंकले चिनियाँ कार्ड ब्रान्ड युनियन पेसँगको सहकार्यमा नेपालमा पहिलो पटक 'युनियन पे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ। 

चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई लक्षित गरी काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सेवाको सुरुवात गरिएको हो।

यस कार्डको प्रयोगबाट नेपाली विद्यार्थी, व्यवसायी तथा पर्यटकले चीन भ्रमणका क्रममा त्यहाँका एटीएम, पीओएस, क्यूआर कोड र ई-कमर्स प्लेटफर्ममार्फत चिनियाँ मुद्रामा सिधै भुक्तानी गर्न सक्नेछन्। यो सेवा युनियन पेको सञ्जालसँग आबद्ध अलिपे प्लस, विच्याट पे र निहाओ चाइना जस्ता माध्यमहरूमा पनि सहजै चल्ने बैंकले जनाएको छ।

बैंकका अनुसार नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयको सीमाभित्र रहेर यस कार्डमा रकम लोड गर्न सक्नेछन्। यो प्रणाली अन्य उपकरणको तुलनामा मितव्ययी र सर्वस्वीकार्य हुने दाबी गरिएको छ। 

जेठ १६, २०८३ शनिबार १९:१५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।