एनसेलले पायो दुई नयाँ आईएसओ प्रमाणपत्र

एनसेलले पायो दुई नयाँ आईएसओ प्रमाणपत्र

काठमाडौं : एनसेलले गुणस्तर व्यवस्थापन र वातावरणीय जिम्मेवारीका लागि दुईवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ।

आईएसओ ९००१ (गुणस्तर व्यवस्थापन प्रणाली) र आईएसओ १४००१ (वातावरणीय व्यवस्थापन प्रणाली) को मान्यता एनसेलले प्राप्त गरेको हो।

यी मापदण्डले एनसेलको सेवा प्रवाहमा उच्च गुणस्तर र व्यावसायिक सञ्चालनका क्रममा वातावरणीय प्रभाव न्यूनीकरण गर्ने प्रतिबद्धतालाई जनाउदछ। एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो मान्यतालाई कम्पनीको विश्वव्यापी मापदण्ड र जवाफदेहिताको प्रमाण भएको बताए। 

यसअघि डाटा सुरक्षा र गोपनीयता सम्बन्धी आईएसओ २७००१ र २७७०१ प्राप्त गरिसकेको एनसेल यस्तो बहु-प्रमाणीकरण पाउने नेपालको पहिलो दूरसञ्चार कम्पनी हो। यसबाट थप भरपर्दो नेटवर्क र गुणस्तरीय सेवा पाउने कम्पनीले जनाएको छ।

जेठ १६, २०८३ शनिबार १९:०६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।