काठको आयात प्रतिस्थापन गर्ने लक्ष्य : वन पैदावारलाई उत्पादन र हरित उद्यममा जोडिने

काठको आयात प्रतिस्थापन गर्ने लक्ष्य : वन पैदावारलाई उत्पादन र हरित उद्यममा जोडिने

काठमाडौं : सरकारले वन तथा प्राकृतिक स्रोतको उपयोगमार्फत हरित उद्यम प्रवर्द्धन गर्ने योजना अघि सारेको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै वन क्षेत्रलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकीकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा परिचालन गर्ने घोषणा गरे।

आगामी आर्थिक वर्षदेखि दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्द्धन गर्न लागेको हो।

स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न विकास निर्माणका क्रममा सङ्कलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गरी वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरणसम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट भएको हो।

सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गरी वन, वातावरण, उद्योग, ऊर्जा र पूर्वाधारसम्बन्धी कानुन तथा नीतिबीचको असङ्गति हटाउन लागेको हो। वन क्षेत्रको कार्बन स्टक, इकोसिस्टम सेवा तथा प्राकृतिक पुँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणाली समावेश गरेको छ।

जेठ १५, २०८३ शुक्रबार १९:२७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।