मनोरञ्जन, संस्कृति र धर्म क्षेत्रका लागि छ अर्ब ७६ करोड बजेट विनियोजन
काठमाडौं : सरकारले मनोरञ्जन, संस्कृति तथा धर्म क्षेत्रका लागि छ अर्ब ७६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त बजेट विनियोजन गरिएको जानकारी गराए।
बजेटअनुसार मनोरञ्जनात्मक तथा खेलकुद सेवातर्फ तीन अर्ब ६८ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ भने सांस्कृतिक सेवाका लागि दुई अर्ब ३८ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, प्रसारण तथा प्रकाशन सेवाका लागि ६३ करोड ३२ लाख रुपैयाँ बजेट छुट्याइएको छ। मनोरञ्जन, संस्कृति तथा धर्मसम्बन्धी अनुसन्धान तथा विकास कार्यक्रमका लागि ५ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको सरकारले जनाएको छ।
सरकारले कला, संस्कृति, खेलकुद, प्रकाशन तथा धार्मिक क्षेत्रको संरक्षण, प्रवर्द्धन र पूर्वाधार विकासलाई लक्षित गर्दै उक्त बजेट व्यवस्था गरेको हो।
जेठ १५, २०८३ शुक्रबार १९:१५:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।