स्टार्ट अप तथा नवप्रवर्तनका लागि चार अर्ब पचास करोड विनियोजन
काठमाडौं : सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि ४ अर्ब र नेपाल इन्टरप्राइजेज फसिलिटीका लागि ५० करोड विनियोजन गरेको छ। यसमा स्टार्ट अप तथा नवप्रवर्तनका लागि साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिष्टममा आबद्ध गर्दै प्लेटफर्मको रूपमा नेपाल इन्टरप्राइजेज फसिलिटी स्थापना गर्ने भनिएको छ।
शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बाजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले प्लेटफर्मले उद्यमको लागि नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच बढाउने बताए। यसमा स्वदेशी स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अघि बढाउनेसमेत बताइएको छ।
कृषि एवं पशुजन्य उद्यम गर्न चाहने एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउने सरकारको तयारी रहेको छ। सरकारले युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको अर्थमन्त्रीले जनाए।
जेठ १५, २०८३ शुक्रबार १९:०८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।