आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो आकारको बजेट प्रस्तुत गरेका हुन्।

अर्थमन्त्री डा. वाग्लेले सार्वजनिक गरेको बजेट वक्तव्यअनुसार कुल विनियोजनमध्ये पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्ट्याइएको छ।

यसैगरी, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने बाँकी रकम चालू खर्चतर्फ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोततर्फ सरकारले राजस्वबाट १४ खर्ब ४ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ।

न्यून हुने स्रोत परिपूर्तिका लागि वैदेशिक अनुदानतर्फ ६१ अर्ब ७४ करोड रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ परिचालन गरिने अर्थमन्त्री डा. वाग्लेले बताएका छन्।

बाँकी स्रोत आन्तरिक ऋण र अन्य वित्तीय परिचालनमार्फत बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ।

हेर्नुहोस् बजेटको पूर्णपाठ:

जेठ १५, २०८३ शुक्रबार १८:०५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।