कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, न्यूनतम तलब ४० हजार र अधिकतम १ लाख माथि हुने

कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, न्यूनतम तलब ४० हजार र अधिकतम १ लाख माथि हुने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको तलबमा २१ प्रतिशतले वृद्धि गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजामती कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा सरकारी सेवामा कार्यरत कर्मचारीहरूको नयाँ पारिश्रमिक तोकेका हुन्।

अर्थमन्त्री डा. वाग्लेका अनुसार महँगी र जीवनयापनको बढ्दो लागतलाई मध्यनजर गर्दै कर्मचारीहरूको मनोबल बढाउन तलब वृद्धि गरिएको हो।

नयाँ व्यवस्थाअनुसार सरकारी कर्मचारीहरूको न्यूनतम तलब ४० हजार रुपैयाँ कायम हुनेछ भने उच्च तहका पदाधिकारी तथा कर्मचारीहरूको अधिकतम तलब मासिक १ लाख रुपैयाँभन्दा माथि पुग्ने उनको दाबी छ।

लामो समयदेखि अपेक्षित रहेको यो तलब वृद्धिले राष्ट्रसेवक कर्मचारीहरूलाई राहत पुग्ने र सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त एवं प्रभावकारी बनाउन मद्दत पुग्ने सरकारको अपेक्षा छ। यो नयाँ तलबमान आगामी साउन १ गतेदेखि लागू हुनेछ।

जेठ १५, २०८३ शुक्रबार १७:४६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।