बजेट वक्तव्य : ३६० वस्तुमा अन्तःशुल्क खारेज, १० लाखसम्मको आम्दानीमा आयकर छुट

बजेट वक्तव्य : ३६० वस्तुमा अन्तःशुल्क खारेज, १० लाखसम्मको आम्दानीमा आयकर छुट

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीमा महत्त्वपूर्ण सुधार र सहुलियतको घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट वक्तव्यमा आन्तरिक उत्पादनलाई बढावा दिन र आम नागरिकलाई राहत प्रदान गर्न राजस्व नीतिमा परिमार्जन गरिएको छ।

बजेटमार्फत उत्पादन र उपभोगलाई सहज बनाउने उद्देश्यले ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा हटाइएको छ।

स्वदेशी उद्योगहरूको उत्पादन लागत घटाई प्रतिस्पर्धी क्षमता बढाउनका लागि ७३ प्रकारका कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट तथा सहुलियतको व्यवस्था गरिएको छ।

यस कदमले मुलुकभित्रै औद्योगिक वातावरण निर्माण गर्न र आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न मद्दत पुग्ने सरकारको विश्वास छ।

यसैगरी, मध्यमवर्गीय र न्यून आय भएका नागरिकलाई राहत दिने उद्देश्यले व्यक्तिगत आयकरको सीमामा पनि महत्त्वपूर्ण परिमार्जन गरिएको छ।

नयाँ व्यवस्थाअनुसार अब व्यक्तिगततर्फ वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने नागरिकले आयकर तिर्नु नपर्ने गरी छुटको दायरा विस्तार गरिएको छ।

जेठ १५, २०८३ शुक्रबार १६:२७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।