मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित

मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं : मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो बसेको बैठकले बजेट स्वीकृत गरेको हो।

मन्त्रिपरिषद् बैठक सकिएसँगै अब प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अन्य मन्त्रीहरू बजेट प्रस्तुतिका लागि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनतर्फ प्रस्थान गर्नेछन्।

संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को संयुक्त बैठक अपराह्न ४ बजे बस्दै छ।

सोही बैठकमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको वार्षिक आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ।

जेठ १५, २०८३ शुक्रबार १६:००:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।