कांग्रेस एकताका लागि डा. कोइरालाले अघि सारे पाँच बुँदे प्रस्ताव
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद र असन्तुष्टि समाधान गरी एकता कायम गर्न पाँच बुँदे प्रस्ताव अघि सारेका छन्।
१५औँ महाधिवेशनको तयारी भइरहँदा डा. कोइरालाले सहमतिको मिलनबिन्दु स्वरूप यस्तो प्रस्ताव गरेका हुन्। उनले महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य म्यान्डेटोरी नगर्ने प्रस्ताव गरेका छन्।
१४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव उनको छ।
डा.कोइरालाले १४ औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, कार्यसम्पादनमा सभापतिको बहुमत हुने गरी गठन गर्ने, निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिबाट मात्रै बनाउने प्रस्ताव गरेका छन्।
जेठ ११, २०८३ सोमबार १८:५५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।