निर्माणको ३ महिनामै १३२ केभी प्रसारण लाइनका पोल ढले, कर्णालीमा अन्धकार

निर्माणको ३ महिनामै १३२ केभी प्रसारण लाइनका पोल ढले, कर्णालीमा अन्धकार

सुर्खेत : कोहलपुर-सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनमा पोल ढलेपछि कर्णालीका सबै जिल्लाहरूमा विद्युत् प्रसारण बन्द भएको छ।

निर्माण सम्पन्न भई सञ्चालनमा आएको तीन महिना नबित्दै सुर्खेत-कोहलपुर १३२ केभी प्रसारण लाइनका दुई पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो।

नेपाल विद्युत् प्राधिकरण सुर्खेत कार्यालयका अनुसार प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानीमा २ वटा विद्युत् टावर ढलेका हुन्। 

केही दिन अगाडि चलेको हावाहुरीले रुख ढलेर विद्युत् पोलमा परेका थिए शनिबार ती टावरहरू ढलेपछि विद्युत् अवरुद्ध भएको छ। लामो समयको प्रतीक्षापछि तीन महिना अघि मात्र १३२ केभी प्रसारण लाइन सञ्चालन भएको थियो।

निर्माण सम्पन्न भएको तीन महिनामै पोल ढल्नु संरचना निर्माणमा कमसल सामग्री प्रयोग भएको भन्दै आलोचना भइरहेको छ। 

सुर्खेतका व्यवसायी चिन्तामणी शर्माले निर्माण सम्पन्न भएको यति छोटो समयमा पोल ढल्नु कमसल सामग्री प्रयोग भएको सहजै अनुमान लगाउन सकिने भन्दै निर्माण कम्पनीलाई छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

वैशाख २६, २०८३ शनिबार २१:३५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।