सुनको मूल्य घट्दा चाँदीको बढ्यो

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँ घटेको हो।

महासङ्घले आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार एक सय कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार एक सयमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य ६५ रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

वैशाख २०, २०८३ आइतबार ११:१६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।