एक साताको उतारचढावपछि सुनको मूल्य ३१ सयले घट्यो

एक साताको उतारचढावपछि सुनको मूल्य ३१ सयले घट्यो

काठमाडौं : नेपाली बजारमा पछिल्लो एक साता सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ।

साताको सुरुवाती दिनदेखि घटबढ हुँदै आएको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा अघिल्लो दिनको तुलनामा बढेर कारोबार भएको छ।

साताको सुरुमा वैशाख १३ गते सुनको मूल्य २ लाख ९९ हजार २०० रुपैयाँ रहेको थियो भने वैशाख १४ गते मूल्य बढेर साताकै उच्च बिन्दु ३ लाख ५ सय रुपैयाँसम्म पुगेको थियो।

त्यसपछि ओरालो लागेको सुनको मूल्य वैशाख १७ गते २ लाख ९२ हजार ७ सय रुपैयाँमा झरेको थियो। साताको अन्तिम दिन वैशाख १८ गते भने मूल्यमा पुनः सुधार हुँदै २ लाख ९६ हजार १ सय रुपैयाँमा बन्द भएको छ।

यसरी सुनको मूल्य एक सातामा ३१ सय रुपैयाँले घटेको छ।

चाँदीको मूल्यमा पनि सुनकै हाराहारीमा घटबढ भएको छ। साताको उच्च मूल्य वैशाख १४ गते ५ हजार ४५ रुपैयाँ कायम भएको थियो भने वैशाख १७ गते घटेर ४ हजार ८ सय १० रुपैयाँमा झरेको थियो।

अन्तिम दिन वैशाख १८ गते चाँदीको मूल्य ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ।

वैशाख १९, २०८३ शनिबार १०:५८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।