आईसीसी विश्वकप लिग-२ मा नेपालले ओमानविरुद्ध टस हार्यो

आईसीसी विश्वकप लिग-२ मा नेपालले ओमानविरुद्ध टस हार्यो

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको खेल कीर्तिपुरमा सुरू भएको छ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको लिगको ९९औं खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

टस हारेको घरेलु टोली नेपालले अहिले फिल्डिङ गरिरहेको छ।

आजको खेलमा नेपालले एउटा परिवर्तन गरेको छ। ललित राजवंशीको ठाउँमा गुल्सन झालाई टोलीमा स्थान दिइएको छ।

लिग २ मा नेपाल सातौं स्थानमा रहँदा ओमान तेस्रो स्थानमा रहेको छ।

वैशाख १६, २०८३ बुधबार ०९:३६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।