आईसीसी विश्वकप लिग-२ : घरेलु मैदानमा आज नेपालले ओमानको सामना गर्दै

आईसीसी विश्वकप लिग-२ : घरेलु मैदानमा आज नेपालले ओमानको सामना गर्दै

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले आफ्नो घरेलु मैदानमा ओमानको सामना गर्दैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने लिगको ९९औं खेल बिहान ९:३० बजेदेखि सुरु हुँदैछ। एकदिवसीय फर्म्याटमा हुने यस खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ।

अङ्क तालिकाको वर्तमान स्थिति हेर्दा ओमान नेपालभन्दा निकै बलियो अवस्थामा छ। ओमान हालसम्म खेलेका २५ खेलमध्ये १३ मा जित र ९ मा हार (३ खेल नतिजाविहीन) सहित २९ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ।

यता, नेपालको अवस्था भने कमजोर छ। हालसम्म २१ खेल खेलेको नेपालले जम्मा ६ खेलमा मात्र जित निकालेको छ भने १३ खेलमा हार व्यहोरेको छ (२ खेल नतिजाविहीन)। जम्मा १४ अङ्क र -०.२३१ को नेट रनरेटसहित नेपाल तालिकाको सातौँ स्थानमा सङ्घर्ष गरिरहेको छ।

नेपाल पछिल्लो समय निकै खराब लयबाट गुज्रिरहेको छ। आफ्ना पछिल्ला ५ खेलमध्ये नेपालले लगातार ४ खेलमा हार व्यहोरेको छ भने १ खेलमा मात्र जित निकालेको छ। अर्कोतर्फ, ओमानले आफ्ना पछिल्ला ५ खेलमा २ जित, २ हार भोगेको छ भने एउटा खेल रद्द भएको थियो।

विगतका पाँच भेटको तथ्याङ्क हेर्दा दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने गरेको देखिन्छ। पछिल्ला ५ भेटमा नेपालले २ र ओमानले २ खेल जितेका छन् भने एउटा खेल (सेप्टेम्बर २०२४) वर्षाका कारण रद्द भएको थियो।

पछिल्लो पटक १८ सेप्टेम्बर २०२४ मा भएको खेलमा ओमानले नेपाललाई १ बल बाँकी छँदा १ विकेटको रोमाञ्चक अन्तरले हराएको थियो। त्यसअघि सन् २०२३ मा नेपालले ओमानलाई ८४ रनले र सन् २०२२ मा ७ विकेटले पराजित गरेको थियो।

यसअघि गत शनिबार भएको खेलमा नेपालले युएईलाई पराजित गर्दै अंकतालिकामा दुई अंक थप गरेको थियो भने सोमबार भएको अर्को खेलमा युएईले ओम

वैशाख १६, २०८३ बुधबार ०७:५९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।