डोजर चलाएर भत्काइएको सुकुम्वासी बस्तीको भग्नावशेष हटाइँदै (फोटो फिचर)

डोजर चलाएर भत्काइएको सुकुम्वासी बस्तीको भग्नावशेष हटाइँदै (फोटो फिचर)

काठमाडौं : थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्वासी बस्तीका संरचना हटाएपछि अहिले उक्त क्षेत्रमा सरसफाइ र भग्नावशेष व्यवस्थापनको काम भइरहेको छ।

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा गत वैशाख १२ गते सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाएर बस्तीका संरचनाहरू भत्काइएको थियो।

अहिले खाली गरिएको बस्तीका भग्नावशेष हटाउने कार्य भइरहेको छ। सो कार्यका लागि अधिकार सम्पन्न बागमती सभ्यता, एकीकृत विकास समिति र सडक विभागमार्फत जनशक्ति परिचालन गरिएका छ।

सफाइमा खटिएका कर्मचारीहरू सम्बन्धित निकायको परिचय खुल्ने ज्याकेटमा देखिएका छन्।

भग्नावशेष उठाउनका लागि डोजरको प्रयोग गरिएको छ भने त्यस क्षत्रको सुरक्षा र रेखदेखका लागि केही संख्यामा महानगरीय प्रहरी खटाइएको छ।

बस्ती भित्रका सम्पूर्ण संरचना भत्काइएसँगै नदी किनारको सो क्षेत्रलाई सफा बनाउन सरकारी निकायहरूले समन्वय गरिरहेका छन्।

वैशाख १४, २०८३ सोमबार १८:५८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।