सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु, श्रीमान् घाइते

सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु, श्रीमान् घाइते

सिरहा : सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

सिरहाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा मंगलबार राति करिब १०:३० बजे चट्याङ परेको थियो।

प्रहरीका अनुसार करिब ३० वर्षीया रंजितादेवी सदाको घटनास्थलमै मृत्यु भएको हो। उनको शरीरमा बाह्य चोटपटक खासै नदेखिए पनि चट्याङको प्रभावले ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनामा उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन्। उनलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको र हाल अवस्था मध्यम रहेको बताइएको छ।

घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ। चट्याङसँग सम्बन्धित घटनाहरू बढ्दै गएको भन्दै सतर्क रहन स्थानीयवासी लाई अनुरोध गरिएको छ।

वैशाख १४, २०८३ सोमबार ११:२२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।