सुकुम्बासी बस्तीमा यसरी लाग्यो डोजर (तस्बिरहरू)

सुकुम्बासी बस्तीमा यसरी लाग्यो डोजर (तस्बिरहरू)

काठमाडौं : शनिबार बिहानैदेखि काठमाडौंको थापाथलीस्थित अव्यवस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाको डोजर चलेको छ।

बाक्लो सुरक्षा घेरा र सन्नाटाका बीच भइरहेको बस्ती खाली गराउने अभियानमा यसपटक विगतजस्तो ढुंगामुढा भएन, बरु स्थानीय आफैँले आफ्ना टहरा भत्काए।

यसैबीच, डोजरले संरचना भत्काउने क्रममा बस्तीभित्र रहेको खानेपानीको ठूलो पाइप फुटेको छ।

पाइप फुटेर पानी खेर जान थालेपछि त्यसको मर्मतका लागि उपत्यकाका मुख्य तीन स्थानको ‘भल्भ’ बन्द गर्दा विभिन्न क्षेत्रको खानेपानी आपूर्ति नै अवरुद्ध हुन पुगेको छ।

बस्तीभित्र सञ्चारकर्मीलाई प्रवेश निषेध गरिए पनि सुरक्षा घेरा बाहिरबाट देखिएको डोजर चलेका दृश्यहरू उकेराको क्यामेरामा कैद भएका छन्।

डोजरको पञ्जाले वर्षौंदेखिको बासस्थान भत्काउन थालेसँगै बस्ती खण्डहरमा परिणत हुन थालेको छ।

डोजरले संरचना भत्काउने क्रममा जमिनमुनि रहेको खानेपानीको मुख्य पाइप फुटेको छ।

बस्ती खाली गराउन खटिएको नेपाल प्रहरीहरू लत्ताकपडा, भाँडाकुँडा र ग्यास सिलिन्डर बाहिर निकाल्न र सुरक्षित स्थानमा सार्न सघाइरहेका छन्।

वैशाख १२, २०८३ शनिबार १०:४९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।