चितवनमा बस र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

चितवन : चितवनको राप्ती नगरपालिका-७ वीरेन्द्रनगरमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा सोमबार राति भएको उक्त दुर्घटनामा परी स्थानीय देबबहादुर गुरुङको ज्यान गएको हो।

प्रहरीका अनुसार खैरहनीबाट भण्डारातर्फ जाँदै गरेको बा.प्र.०३ ००१ ख ३८०६ नम्बरको बस र भित्री सडकबाट राजमार्गमा निस्कँदै गरेको ना ४५ प ३१६३ नम्बरको मोटरसाइकल राति १०:०५ बजे एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा परी ५०/५५ वर्षीय मोटरसाइकल चालक गुरुङको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो।

उनलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारकै क्रममा चिकित्सकले राति १०:४४ बजे मृत घोषणा गरेका थिए। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।

इलाका प्रहरी कार्यालय भण्डाराले बस र मोटरसाइकलसहित बस चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ बस्ने ४२ वर्षीय सन्तोष लामा रहेका छन्।

घटनास्थलमा प्रहरी निरीक्षक रुपेश विष्टको कमाण्डमा प्रहरी टोली खटिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वैशाख ११, २०८३ शुक्रबार १०:०८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।