बाजुरामा बिहे भोजमा गएका युवकको भिरबाट लडेर मृत्यु

बाजुरामा बिहे भोजमा गएका युवकको भिरबाट लडेर मृत्यु

बाजुरा : बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। 

गौमुल गाउँपालिका वडा नम्बर ६ बस्ने २८ वर्षका पदम ल्वारको भिरबाट लडेर मृत्यु भएको हो।

आफन्तको घरमा बिहे भोजमा गएका युवक सोही दिन घर फर्किन्छु भनी हिँडेका उनी बेलुका देखि सम्पर्कविहीन भएको थिए। खोजी कार्य गर्दा भीरको तल मृत अवस्थामा भेटिएको प्रहरी जनाएको छ। 

मृतक ल्वारको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ।

यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

वैशाख ९, २०८३ बुधबार १०:२७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।