उद्यमशीलतामा लाग्न शिक्षामन्त्रीको आह्वान, 'युवाले रोजगारी खोज्ने होइन'

उद्यमशीलतामा लाग्न शिक्षामन्त्रीको आह्वान, 'युवाले रोजगारी खोज्ने होइन'

मोरङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अब युवा विद्यार्थीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने गरी उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा उनले युवालाई उद्यमशीलतामा लाग्न अनुरोध गरे। पोखरेलले भने, “हामीले प्राप्त गरेको ज्ञान, सीप र विवेकको सही सदुपयोग गर्यौं भने मात्र हामी सबै मिलेर नेपाललाई सबल, सक्षम र समृद्धशील राष्ट्र बनाउन सक्छौं।”

पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको करिब तीन दशकमा नेपालको विकास र समृद्धिमा आवश्यक उल्लेख्य दक्ष जनशक्ति उत्पादन गर्न सफल भएकामा धन्यवाद व्यक्त गर्दै उनले वर्तमान अवस्थामा नेपाल सरकारले गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी बनाउने दिशामा महत्त्वपूर्ण कदम चालिरहेको समेत बताए।

आयोजित दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने छ हजार ७०६ विद्यार्थी दीक्षित भएका भएका छन्। जसमध्ये विभिन्न सङ्कायमा उत्कृष्ट अङ्क ल्याउने २१ जना विद्यार्थीलाई मन्त्री पोखरेलले स्वर्ण पदकसहित प्रमाणपत्र वितरण गरेका थिए। 

वैशाख ८, २०८३ मंगलबार २१:१३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।