सेयर विवादमा घेरिएका गृहमन्त्री गुरुङको दौडधुप, पुगे सभापति लामिछानेको निवास

सेयर विवादमा घेरिएका गृहमन्त्री गुरुङको दौडधुप, पुगे सभापति लामिछानेको निवास

काठमाडौं : लघुबिमा कम्पनीको सेयर विवादमा घेरिएका गृहमन्त्री सुधन गुरुङको दौडधुप बढेको छ। उनी मंगलबार पार्टी सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित उनको निवास पुगेका छन्।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा हिरासतमा रहेका शंकर समूह र दीपक भट्टको सक्रियतामा खुलेका दुई कम्पनी स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा सेयर लगानी रहेको खुलेपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका छन्।

उक्त सेयर विवरण सम्पत्ति विवरणमा नखुलाएको भनेर पनि उनको आलोचना भइरहेको छ। यद्यपि, गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उक्त सेयर ऋणमार्फत लिएको दाबी गरेका छन्। गएको चैत १३ गते गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङमाथि पदबाट राजीनामा दिन दबाब बढेको छ।

यसअघि सोमबार  पनि उनले सभापति लामिछाने र  प्रधानमन्त्री बालेन शाहलाई भेटेका थिए। यसै विषयलाई लिएर सोमबार साँझ प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच पनि भेटवार्ता भएको थियो। प्रधानमन्त्री बालेनले गृहमन्त्री गुरुङसँग लिखित स्पष्टीकरण पनि सोधेका छन्। 

वैशाख ८, २०८३ मंगलबार १५:२५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।