उदयपुरमा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

उदयपुरमा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

उदयपुर : उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा गए राति जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। 

बसको ठक्करबाट बेलका–३ सातपत्रेका २७ वर्षीय रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सातपत्रेबाट रामपुर बजारतिर जाँदै गरेका बस्नेतलाई सातपत्रे नजिकै चौदण्डी गढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले ठक्कर दिएको थियो।

वैशाख ८, २०८३ मंगलबार १०:३८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।