उदयपुरमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुरमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर : उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। 
    
बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काका घरमा आज विहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिए।  

उनका अनुसार आगलागीबाट लक्ष्मीनाराणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ। 

आगलागी नियन्त्रण गर्नका लागि छिमेकी त्रियुगा र चौदण्डी गढी नगरपालिकाका दमकल र प्रहरी तथा स्थानीय जनताको सहभागिता रहेको थियो। 

आगलागी विद्युत् चुहावट भएर हो वा अन्य कारणले हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको जनाइएको छ। आगलागीका कारण ६६ लाख बराबरको भौतिक क्षति भएका प्रहरीले बताएको छ।

वैशाख ८, २०८३ मंगलबार १०:२३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।