एप्पलको सीईओबाट टिम कुकको राजीनामा

एप्पलको सीईओबाट टिम कुकको राजीनामा

एजेन्सी : एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आफ्नो पदबाट राजीनामा दिने भएका छन्।

एप्पलले कुक आगामी सन् २०२६ सेप्टेम्बर १ देखि कम्पनीको सञ्चालक समितिको कार्यकारी अध्यक्ष बन्ने र जोन टर्नस नयाँ सिइओ हुने घोषणा गरेको छ। टर्नस हाल कम्पनीका हार्डवेयर इन्जिनियरिङतर्फका वरिष्ठ उपाध्यक्ष हुन्।

संस्थापक स्टिभ जब्सपछि टिम कुकले एप्पलको सिइओ पद सम्हालेका थिए। यो परिवर्तनसँगै उनको करिब १५ वर्ष लामो सीईओको कार्यकाल सकिँदै छ।

अब कार्यकारी अध्यक्षको रूपमा कुकले विश्वभरका नीति–निर्माताहरूसँग समन्वय गर्नेलगायत कम्पनीका महत्त्वपूर्ण काममा सहयोग गर्नेछन्।

नयाँ सिइओ बन्न लागेका टर्नस सन् २००१ मा एप्पलको 'प्रोडक्ट डिजाइन टिम'मा आबद्ध भएका थिए।

सन् २०१३ मा हार्डवेयर इन्जिनियरिङको उपाध्यक्ष बनेका उनी सन् २०२१ मा वरिष्ठ उपाध्यक्षका रूपमा कार्यकारी टोलीमा प्रवेश गरेका थिए। अब उनले आगामी सेप्टेम्बरदेखि सीईओको जिम्मेवारी सम्हाल्नेछन्।

वैशाख ८, २०८३ मंगलबार ०७:५७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।