वर्षाका कारण नेपाल र यूएईबीचको प्रभावित

वर्षाका कारण नेपाल र यूएईबीचको प्रभावित

काठमाडौं : नेपाल र यूएईबीच भइरहेको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल वर्षाका कारण प्रभावित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार जारी खेलमा नेपालले पहिलो इनिङमा ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८.५ ओभरको खेल सकिँदा ८ विकेट गुमाएर १२२ रन बनाएको छ। खेल रोकिँदा कप्तान दीपेन्द्र सिंह ऐरी ३२ रन र सन्दीप लामिछाने २ रनमा अविजित छन्।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ९ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन जोड्दै राम्रो सुरुवात दिलाए पनि उनी रन आउट हुन पुगे। अर्का ओपनर अर्जुन साउद १३ रन बनाउँदा जुनैद सिद्दीकीको बलमा बोल्ड भए। 

मध्यक्रममा कुशल मल्लले २१ बलमा १७ रन र बसिर अहमदले १४ रनको योगदान दिए। त्यस्तै, सन्दीप जोरा ६ रन र गुलशन झा १ रनमा आउट भए भने नन्दन यादवले ७ बलमा २ छक्का प्रहार गर्दै १३ रन जोडे। शेर मल्ल भने शून्य रनमै पेभेलियन फर्किए। 

वैशाख ७, २०८३ सोमबार १९:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।