रास्वपाको सचिवालय १६ सदस्यीय बन्दा वरिष्ठ नेता बालेन बाहिर

रास्वपाको सचिवालय १६ सदस्यीय बन्दा वरिष्ठ नेता बालेन बाहिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालयलाई विस्तार गरी १६ सदस्यीय बनाएको छ। सोमबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सचिवालयमा दुई सदस्य थप गर्ने निर्णय गरेको हो।

तर, सचिवालयमा प्रधानमन्त्री एवं पार्टीको दोस्रो वरीयतामा रहेका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन' भने सदस्य छैनन्। बैठकमा सभापति रवि लामिछानेले सागर ढकाल र श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव गरेका थिए।

उक्त प्रस्ताव बैठकबाट पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए। उनले भने, "हाम्रो सचिवालय सदस्यमा दुई जना सदस्यहरू थपिनुभएको छ। केन्द्रीय सदस्य रहनुभएको सागर ढकाल र केन्द्रीय सदस्य नै रहनुभएको सरिता श्री ज्ञवाली हुनुहुन्छ।"

त्यस्तै बैठकले भूपदेव शाहलाई पार्टीको महामन्त्रीमा नियुक्त गरेको छ। यसअघि बालेनसँगको सहमतिअनुसार सुनील लम्साललाई महामन्त्री र भूपदेव शाहलाई सहमहामन्त्री बनाउने भनिए पनि सोमबारको बैठकले शाहलाई नै महामन्त्रीको जिम्मेवारी दिने निर्णय गर्यो।

रास्वपाको सचिवालय टिम

रवि लामिछाने- सभापति 
स्वर्णिम वाग्ले- उपसभापति
कवीन्द्र वुर्लाकोटी- महामन्त्री 
भूपदेव शाह- महामन्त्री
विपिन आचार्य- सहमहामन्त्री
लिमा अधिकारी- कोषाध्यक्ष
बसुमाया तामाङ- सहकोषाध्यक्ष्य
मनिष झा- प्रवक्ता 
गणेश पराजुली- सचिवालय सदस्य
दीपक बोहरा- सचिवालय सदस्य
विराजभक्त श्रेष्ठ- सचिवालय सदस्य
शिशिर खनाल- सचिवालय सदस्य
सोबिता गौतम- सचिवालय सदस्य
हरि ढकाल- सचिवालय सदस्य
सागर ढकाल- सचिवालय सदस्य
सरिताश्री ज्ञवाली- सचिवालय सदस्य

वैशाख ७, २०८३ सोमबार १९:२१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।