परिमार्जनसहित रास्वपाको लेबी अनुमोदन

परिमार्जनसहित रास्वपाको लेबी अनुमोदन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका तर्फबाट मन्त्री, सांसद र स्वकीय सचिवहरूले बुझाउनुपर्ने मासिक लेबी परिमार्जनसहित अनुमोदन गरेको छ। 

सोमबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सचिवालय र संसदीय दलको प्रस्तावलाई अनुमोदन गरेको हो।

अब रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ लेबी बुझाउनुपर्नेछ। संघीय संसद्का सांसदहरूका हकमा यसअघि संसदीय दलको बैठकले १६ हजार ५ सय रुपैयाँ प्रस्ताव गरेको भए पनि केन्द्रीय समितिले त्यसलाई परिमार्जन गरी मासिक १५ हजार रुपैयाँ कायम गरेको छ। 

यस्तै, मन्त्री तथा सांसदका स्वकीय सचिवहरूले मासिक २ हजार रुपैयाँ लेबी बुझाउनुपर्ने निर्णय भएको छ। पार्टीको सांगठनिक गतिविधि र प्रशासनिक खर्च व्यवस्थापनका लागि लेबी उठाउने गरिन्छ। यसअघि संसदीय दल र सचिवालयले गरेका प्रस्तावहरूलाई केन्द्रीय समितिले पास गरेसँगै उक्त व्यवस्था लागू हुने रास्वपाले जनाएको छ।

वैशाख ७, २०८३ सोमबार १८:२८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।