रास्वपाको महामन्त्रीमा भूपदेव अनुमोदित
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीमा भूपदेव शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टी सभापति रवि लामिछानेले महामन्त्रीमा शाहको नाम प्रस्ताव गरेको र सबैले पारित गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।
बालेन्द्र शाह प्रधानमन्त्रीको उम्मेदवारसँगै रास्वपामा संलग्न भएकै समयमा शाहलाई महामन्त्री बनाउने सहमति भए पनि यो कार्यान्वयनमा आएको थिएन। बालेन्द्र शाहका विश्वास पात्र भूपदेव प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए।
सोमबारको बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई नियुक्त गर्ने निर्णय समेत अनुमोदन भएको छ।
वैशाख ७, २०८३ सोमबार १७:३८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।