२ सय २५ केजी गाँजासहित विराटनगरबाट २ जना पक्राउ
विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित ओसार–पसारमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गएराति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बाँसको झाकमुनी प्लास्टिकका ९ वटा बोरामा लुकाई–छिपाई राखिएको अवस्थामा २ सय २५ किलोग्राम गाँजा बरामद गरेको हो।
सोही क्रममा बराहक्षेत्र नगरपालिका–६ का विशेष माझी र रोशन श्रेष्ठलाई को ३० प ९४७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गाँजा सहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।
वैशाख २, २०८३ बुधबार १३:००:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।