खड्का समूहको गतिविधिबारे छलफल गर्न कांग्रेस अनुशासन समितिको बैठक बस्दै

खड्का समूहको गतिविधिबारे छलफल गर्न कांग्रेस अनुशासन समितिको बैठक बस्दै

काठमाडौं : पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा समानान्तर गतिविधि बढाएपछि नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले निर्वाचन आयोगबाट आधिकारिकता पाइसकेको अवस्थामा खड्काले दोस्रोपटक विज्ञप्ति नै जारी गरेपछि समितिले बिहान ११ बजेका लागि बैठक बोलाएको हो।

उक्त बैठकमा खड्का समूहले गरिरहेको समानान्तर गतिविधि र अनुशासनहीनताका विषयमा छलफल हुने स्रोतले जनाएको छ।

यसैबीच, आजै दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ।

कार्यसम्पादन समितिको बैठक पूर्वनिर्धारित भए पनि पार्टीभित्रको पछिल्लो विवादका कारण त्यसअघि नै अनुशासन समितिको बैठक आकस्मिक रूपमा बोलाइएको हो।

वैशाख २, २०८३ बुधबार ०९:१५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।