मंगलबार ३० असार, २०८३
सुर्खेतमा कस्तुरीको विनासहित २ जना पक्राउ
सुर्खेत : प्रहरीले सुर्खेतको वीरेन्द्रनगर–१२ भावर टोलमा रहेको आशा होटेलबाट कस्तुरीको विनासहित दुई जनालाई पक्रेको छ।
पक्राउ पर्नेमा दैलेख घर भई हाल भावर टोलमा सीता होटेल सञ्चालन गर्ने २३ वर्षीय सर्जन रावत र जुम्ला चन्दननाथ नगरपालिका–२ का ६० वर्षीय रनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए।
प्रहरीले उनीहरूको साथबाट कस्तुरीको दुई वटा विना बरामद गरेको जनाएको छ।
असोज २, २०७८ शनिबार १९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।