मंगलबार ३० असार, २०८३
एमाले भाँडिएको छ, समीक्षा गरौँ : घनश्याम भुसाल
बुटवल : नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले भाँडिएको बताएका छन्।
रुपन्देहीमा भएको एमाले कार्यकर्ता भेलामा भुसालले गल्ती गरेको समीक्षा गरेर अब इमान राख्नु पर्ने बताए।
‘गल्ती कसले गरेको छ, समीक्षा गरौँला,’उनले भने,‘योबीचमा हामी भाँडिएका छौँ, अब इमान राखौँ, कसले गल्ती गर्यो बुझौँ।’
उनले यो कुरा माधव नेपालले बुझ्नु पर्ने बताए। ‘अप्ठ्यारोमा आत्तिन र सफ्ठयारोमा मात्तिन हुँदैन,भुसालले भने,‘जिम्मेवार पार्टीले ख्याल राख्नुपर्छ ,धेरै पछाडि हेरेर अघि बढौँ।’
भदौ ३०, २०७८ बुधबार १५:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।