कांग्रेसको क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाउँदै
समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन लागेको जनाएको छ।
शनिबार बसेको पदाधिकारी बैठकले समितिलाई साउन १२ गते मंगलबार प्रतिवेदन बुझाउन भनेको थियो। समितिले ९८ प्रतिशत काम सकिएकाले आज प्रतिवेदन बुझाउन लागेको बताएको छ।
रमेश लेखक संयोजक रहेको छानबिन समितिले बिहान १० बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको पदाधिकारी बैठकमा प्रतिवेदन बुझाउने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
वडा तहको अधिवेशन स्थगित गरेको कांग्रेसले क्रियाशील सदस्यता टुङ्गो लगाएपछि अर्को मिति तोक्ने जनाएको छ। पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक १४ औँ महाधिवेशनको तयारीमा केन्द्रित हुने मुख्यसचिव पौडेलले बताए।
साउन १२, २०७८ मंगलबार ०८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।