सातै प्रदेशमा अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

सातै प्रदेशमा अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना भाइरस (कोभिड–१९) संक्रमणदर बढिरहेको भन्दै मन्त्रालयले आज सात वटै प्रदेशका मन्त्रालयलाई परिपत्र गरेर यस्तो निर्देशन दिएको हो। 

‘विगतका दिनहरूमा जस्तै संक्रमणको दर तीव्ररूपमा बढ्द गई कोभिड–१९ को अर्काे लहर नआउला भन्न सकिँदैन। अतः भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न ताहा कम्तीमा एक हजार वटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन र अक्सिजन पिएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सेन्ट्रटर चालु र चुस्त अवस्थामा राख्नुहुन जानकारी गराइन्छ,’ परिपत्रमा भनिएको छ। 

महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको परिपत्रको बोधार्थ स्वास्थ्य सेवा विभागलाई पनि दिइएको छ। 

साउन ११, २०७८ सोमबार २१:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।