देशभर थप ३४२१ जनामा कोरोना संक्रमण, २५ को मृत्यु
काठमाडौं : देशभर थप ३ हजार ४ सय २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट २ हजार ३ सय ९१ र एन्टिजेन विधिबाट १ हजार ३० जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट १२ हजार २ सय ४० र एन्टिजेन विधिबाट ५ हजार ३२ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर आरटी पिसिआर विधिबाट ६ लाख ८२ हजार ९ सय ४७ र एन्टिजेन विधिबाट ५५ हजार ९सय ७१ जनामा संक्रमण देखिएको छ।
कोरोना भाइरस संक्रमणका कारण देशभर थप २५ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३ सय १ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर कोरोना संक्रमण निको हुने दर ९४.५ प्रतिशत छ।
साउन ११, २०७८ सोमबार १६:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।